अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसमा स्वयंसेवकलाई सम्मान
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार १८:३८:४१
२१ मंसिर, काठमाडौं । शनिबार डिसेम्बर ५ तारिख अर्थात् अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले एक कार्यक्रमको आयोजना गरी स्वयंसेवकलाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले मानवीय विपत्तिलाई कम गर्न अहोरात्र खट्ने समस्त स्वयंसेवकहरुको योगदानलाई प्रशंसा गर्दै भने “एक घर एक स्वयंसेवको अवधारणालाई नेपाल रेडक्रसले अगाडि बढाउदै छ । यसले नेपाल रेडक्रसलाई समुदायको अझ नजीक पुग्न र सबै पालिका स्तरमा फैलिन मद्यत पुग्ने छ । स्वयंसेवामा शर्त हुदैन, कुनै स्वार्थ हुँदैन ।”
सोही अवसरमा सोसाइटीका महामन्त्री पीताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले अप्ठ्यारो र आकस्मिक अवस्थामा आफनो स्वास्थ्य र जीवनलाई जोखिममा राखेर अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवकहरु प्रति सम्मान व्यक्त गरे । महामन्त्रीले अर्यालले भने, सुरक्षाको सुनिश्चितता भए मात्र स्वयंसेवकले प्रभावकारी सेवा पुरयाउन सक्ने बताउंदै उनीहरुको सुरक्षा, कार्य वातावरण, विमा व्यवस्थापन र उत्प्रेरणामा थप ध्यान दिन आवश्यक देखिएको बताए ।
सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले कोभिड १९ महामारीको लकडाउनको अवस्थामा समेत घरमै बसेर सेवा पुरयाउने उद्देश्यले रेडक्रसले शुरुवात गरेको कोभिड अनलाईन स्वयंसेवा अत्यन्तै प्रभावकारी रहेको अनुभव व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संगठन विभागका प्रमुख कृष्ण घिमिरेले नेपाल रेडक्रसमा स्वयंसेवकहरुको अवस्थाका बारेमा प्रस्तुतीकर गरे । यस्तै सोसाइटीका उपकार्यकारी निर्देशक सुदर्शन अधिकारीले स्वयंसेवकको व्यवसायिकता, समावेशिता र प्रवद्र्धनमा संस्थाले जोड दिइएको बताए । सोही अवसरमा जुनियर युवा विभागका कार्यवाहक निर्देशक कृष्ण कोइरालाले सोसाइटीमा प्रोफेसनल युथ भोलिन्टियरिजम शुरु भएको जानकारी गराए ।
स्वयंसेवकहरुलाई सम्मान
सोसल मिडिया भोलिन्टियर अन कोभिड १९ ( Social media volunteer on Covid-19) फेसबुक ग्रुपमार्फत मोडरेटरको रुपमा स्वयंसेवा पुर्याउने छ जनालाई कार्यक्रममा सम्मान गरिएको छ । लकडाउन र कोभिडको विषम परिस्थितिमा कार्यगर्ने स्वयंसेवकलाई सम्मान गर्न संस्थाले लिएको नीति अनुसार अनलाईन स्वयंसेवकको रुपमा काम गर्ने युवा स्वयंसेवक रामजी पौडेल, निशान कार्की, बन्दना पोखरेल, रामकृष्ण शर्मा, यानी स्याभोलिनेल, सुरज लौडारी पुरस्कृत भएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा जानकारी दिए ।
नेरेसोका अध्यक्षबाट तिम्सिनाबाट प्रमाणपत्र ग्रहण गरेपछि पुरस्कृत युवाको तर्फबाट निशान कार्की र बन्दना पोखरेलले अनलाइन स्वयंसेवा प्रभावकारी रहेको र त्यसबाट समुदायले व्यवहार परिवर्तन गर्न सिकेको र आफूले पनि बयस्क पुस्तासँग ज्ञान लिन पाएकोमा खुशी व्यक्त गर्दै आपत्कालीन बेलामा अनलाईन सञ्चारलाई निरन्तरता दिन नीतिगत व्यवस्थाको लागि रेडक्रसलाई अनुरोध गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, केन्दीय सदस्य, विभागीय निर्देशक एवं कर्मचारी, कोभिड सामाजिक सञ्जालका सदस्य र युवा प्रतिनिधिहरुाको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघको आव्हानमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानले विश्वभरिका आफ्ना १ करोड ४० लाख स्वयंसेवकहरुले आकस्मिक एवं अत्यन्त विकट अवस्थामा पुर्याइरहेको मावनीय सेवा र योगदानकोे उच्च सराहना गर्दै १९२ मुलुकमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइरहेको छ ।
नेपाल रेडक्रसमा हाल देशभर १० लाख भन्दा बढी स्वयंसेवक एवं सदस्यहरु आवद्ध भइ देशभरि खटिरहेको र त्यसमध्ये एकलाख तीनहजार तालिमप्राप्त क्रियाशिल स्वयंसेवक रहेको निर्देशक पौडेलले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार