परराष्ट्रद्वारा सार्वजनिक वार्षिक प्रतिवेदनमा के के छ ?
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ सोमबार १:५:५७
२१ मंसिर ,काठमाडौं । परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गरे ।
विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । आज सार्वजनिक भएको प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ ।
नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय एवं क्षेत्रीय सङ्गठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ ।
त्यसैगरी, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार