नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २२:४५:२०
२२ मंसिर, सर्लाही । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् ।
सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश समेत पोख्न थालेका छन् । जिल्लाका मुख्य नाकाबाट मालबाहक सवारी साधन खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेका भए पनि सर्वसाधारण भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन् ।
मुख्य सिमानाका मलङ्गवा, सिमानाका त्रिभुवननगर, पर्सा, बारालगायतका स्थानबाट चामल, दाल, आलु प्याज बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गरिरहेका भए पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिँदा सर्वसाधारण खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीयवासी रामाआधार साहले बताए ।
नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउने भएका कारण सो क्षेत्रका अधिकांश स्थानीयवासीले सीमापारीबाट नै घरायसी सामान ल्याउने गरेको रवीराज कुशवाहले बताए । मालबाहक सवारी साधनलाई बिना अवरोध प्रवेश गर्न दिँदा र सर्वसाधारण चोर बाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साहले बताए ।
सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानीयवासीलगायत एकमत देखिएका छन् । जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय सङ्घर्ष समितिसमेत बनेको छ । सङ्घर्ष समितिको नेतृत्वमा मलङ्गवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेत दिइएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । धर्नामा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य सङ्घलगायतले साथ दिएका सङ्घर्ष समितिका संयोजक चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सशस्त्रको एक पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
चैत १३, २०८० मंगलबार
सुनकोशीमा हराएका बालबालिका खोज्न गोताखोर परिचालन
चैत १२, २०८० सोमबार
एक करोड त्रिषठ्ठी लाखको अवैध सामानसहित तिन वटा ट्रक नियन्त्रणमा
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार