‘जादुगरी बल्ब’ किनाएर ९ लाख भारतीय रुपैयाँ ठगी
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ४:६:१५
२२ मंसिर, एजेन्सी । भारतको राजधानी दिल्लीमा एक व्यवसायीलाई केही ठगहरुको समुहले ‘जादुगरी बल्ब’ किनाएर ९ लाख भारतीय रुपैयाँ ठगी गरेका छन् । उनलाई तीन युवकहरुले ती व्यवसायीलाई उक्त बल्बका माध्यमले सुन जस्ता महंगा धातुहरु प्राप्त हुने र घरमा समृद्धि आउने बताएका थिए ।
आरोपीले विशेष चुम्बकले फरक फरक तरिकाले बल्ब बालेर ती कारोबारीको विश्वास जितेका थिए । व्यापारीलाई बल्ब ९ लाखमा बेचेर ती ठगहरु फरार भएका थिए । कोरोना भाइरसको महामारीका कारण आफ्नो व्यवसाय घाटामा जाँदा व्यवसासी सजिलै धेरै पैसा कमाउन चाहन्थे ।
यो घटना तीन आरोपीहरु छुटकन खान, मासुम खान र इरफान खान विरुद्ध प्रहरी कार्यालयमा उजुरी परेपछि सार्वजनिक रुपमा बाहिर आएको हो । ठगहरुले ठगिएका व्यवसायीको ना मभने नितेश मल्होत्रा रहेको बताइएको छ ।
भारतीय मिडिया द टाइम्स अफ इन्डियाको समाचार अनुसार ती ठगहरु मध्ये एक जनाले मल्होत्रालाई ‘जादुगरी बल्ब’ किन्न सुझाव दिएका थिए । ती व्यवसायीले बिना कुनै द्विविधा उक्त साधारण बल्ब ९ लाख भारतीय रुपैयाँमा किनेका थिए ।
यस बिषयमा जिल्लाका एसएसपी विजय ढुलले आरोपी मध्ये एक इरफानका विरुद्ध आधा दर्जन ठगीका मुद्धा दर्ता भएको बताए । यहि अक्टुबरमा दुई व्यक्तिले मेरठ भन्ने स्थानमा बेलायतबाट आएका एक डाक्टरलाई एक करोड रुपैयाँमा ‘अलादिनका चिराग’ बेचेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
चैत ८, २०८० बिहिबार
अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पूर्ण सुविधा छ !
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार