मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बन्द
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ४:४०:५६
२२ मंसिर, गलकोट । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मंसिर २५ गतेदेखि काम हुने भएको छ । मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रियामा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर चट्टान काट्ने निर्णय भएको छ । बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय तालिकाअनुसार दैनिक छ घण्टा सवारी आवतजावत बन्द गरिने भएको हो ।
शाहीले काममा ढिलाइप्रति आत्मालोचना गर्दै अबको छ महिनाभित्रै कालोपत्रे गर्ने योजनाअनुसार सडक बन्द गर्न थालिएको छ । सदरमुकाम नजिकै रहेको उपल्लाचौर–अक्षेते–खण्डको खहरेको भीर कटानका लागि २० दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ ।
यही मंसिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिकासमेत निकाली सकेको छ । सवारी साधन बन्द गरिएको समयमा साना सवारी साधन बागलुङ बजारदेखि गहते हुँदै खहरेदेखि पाला हुँदै अछेते जाने गरी वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मरासिनीले जानकारी दिए । सडक निर्माण र वैकल्पिक सडकका लागि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकासँग समन्वय गरिएको आयोजनाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार