मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार १६:२:३०
२३ मंसिर, एजेन्सी । आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।
नरेन्द्र मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १३ दिनदेखि आन्दोलनमा छन्। किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्।
यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दकाे घाेषणा गरेका हुन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्।
सरकारसँग पाँच पटक वार्ता भइसक्दा पनि परिणाम केही निस्केको छैन। किसान नेताहरु तीनवटै कानुन फिर्ता हुनुपर्ने अडानमा छन्। उनीहरुले नयाँ कानुनले परम्परागत मन्डी व्यवस्थालाई सिध्याउने, समर्थन मूल्य लागू नहुने र ठूला व्यापारी र कर्पोरेट मोटाउने तर, किसानलाई घाटामात्रै हुने दाबी गरिरहेका छन्।
किसानहरुले विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्मका लागि चक्काजाम आह्वान गरेका छन्। यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन हुनेछन्। उनीहरुले आन्दोलनमा सहभागी हुने राजनीतिक दलहरुलाई दलका झण्डा र ब्यानर नल्याउन चेतावनी पनि दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार