शिक्षक श्रेष्ठकाे धारिलो हतियार प्रयोग गरी हत्या
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ मंगलबार २३:५०:९
२३ मंसिर, काठमाडौं । आज बिहान मोरङको मिक्लाजुङमा अपहरण गरिएका शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । उनको अज्ञात समूहले गोली हानी हत्या गरिएको भनिए पनि घटनास्थलमा पुगेको प्रहरी टोलीले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिएको छ।
स्थानीयले गोली हानेर हत्या गरेको भन्ने जानकारी गराएका थिए, तर घटनास्थल पुग्दा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको देखिएको छ । दुवै हात पिठ्युँ पछाडि बाँधेर घाँटीमा धारिलो हतियार प्रयोग गरिएको पाइएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई आज बिहान ४–५ जनाको समूहले अपहरण गरेर लगेको थियो।
घटनास्थल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर संलग्नको खोजी कार्य शुरु गरिएको छ। अहिलेसम्म हत्या कसले गरेको भन्ने यकिन नभए पनि स्थानीय र प्रहरी स्रोतले भने प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले नै अपहरण गरेर हत्या गरेको दाबी गरेका छन्।
स्थानीयले शिक्षक श्रेष्ठलाई अपहरण गरेर लगेपछि गोली चलेको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसैका आधारमा उनको गोली हानी हत्या भएको आशंका गरिएको थियो । मिक्लाजुङ पाँचथर र धनकुटाको सीमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार