जोखिमका बेला रक्तदानको महत्व अझै बढी : सभामुख सापकोटा
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ बुधबार १:११:३१
२३ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड– १९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन्। १४औँ सङ्घीय संसद् सेवा दिवस–२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्दै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे ।
सङ्घीय सांसद डा विमला राई पौडेललाई रक्त थैली ‘ब्लड ब्याग’ हस्तान्तरण गरी रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, “रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैँ भरी महत्व छ, अहिले झनै महत्व छ ।” सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गरे । संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए । सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । विसं २०६३ देखि हरेक वर्ष मङ्सिर २८ का दिन सङ्घीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार