आगामी वर्षकाे जनगणना समावेशी हुने
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १८:४८:१८
२४ मंसिर, काठमाडौं । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघललगायत संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका भएका व्यक्तिको समावेशी गणना’ विषयक छलफल कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछाने उक्त जानकारी दिए।
उनले नेपालको बाह्रौँ आवधिक जनगणनाले सङ्घीय प्रणालीअन्तर्गत तीनै तहका सरकारलाई आवधिक योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विभागले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय गणना गर्ने तयारी गरिरहेको छ । हरेक दश वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ ।
महासङ्घका अध्यक्ष मित्रलाल शर्माले गणनामा अपाङ्गता भएका सबै नागरिकको सहज सहभागिता हुने स्थिति सिर्जना गर्न विभागलाई आग्रह गरे। महासङ्घका पूर्वाध्यक्ष डा वीरेन्द्रराज पोखरेलले वडातहसम्म परिचालन गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु गणनामा नछुट्ने प्रबन्ध हुनुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु गणक वा सङ्कलकका रुपमा पनि रहन सक्ने प्रबन्धका लागि आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार