पेटको बोसो घटाउन अदुवा पानी फाइदाजनक
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १९:१४:३
२४ मंसिर, काठमाडौं । नेपाली भान्सामा धेरैले खानाको स्वाद बढाउन र सुगन्ध बढाउन खानामा अदुवा प्रयोग गर्ने गर्छन् । तर, अदुवाले खानामा स्वाद मात्रै होइन मोटोपनको समस्याबाट गुज्रिरहेकाका लागि पनि फाइदाजनक हुन्छ ।
अदुवाको पानीले रगत जम्ने समस्या हुन दिँदैन भने रक्तसञ्चार पनि ठिक गराउँछ । कोलेस्ट्रोलको मात्रा कम गर्ने, जोर्नी दुख्ने समस्या कम गर्ने आदि गर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरलाई सफा गर्छ । यसले थुप्रै प्रकारका रोगहरुमा समेत सहयोग गर्छ भने क्यान्सरसँग लड्न पनि सहयोग गर्छ ।
अदुवा पानी बनाउने तरिका
अदुवाको पानी तयार गर्नका लागि डेढ लिटर पानी उमाल्ने, पानी उम्लिन थालेपछि अदुवाको स–साना टुक्रा पानीमा हाल्ने र त्यसलाई पनि उमाल्ने । अदुवा हालेको पानी उम्लिएपछि १५ मिनेटसम्म चिसो हुन छोडिदिने ।
अदुवा हालेको पानी चिसो भएपछि कागतीको रस मिसाउने । तयार भएको पानी दिनमा दुई वा तीनपटक पिउने गर्नुपर्छ । यो पानी बिहान खाजाअघि र रातिको खानाअघि पिउने गर्नुपर्छ ।
यस्ता छन्, फाइदा
अदुवा पानीले प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । त्यति मात्र होइन जोर्नीको दुखाई कम गर्ने र मोटोपन कम गर्ने गर्छ । अदुवा पानी रुघाखोकी, ज्वरो जस्ता रोगबाट पनि बचाउँछ ।
यसले रक्तसञ्चार पनि सन्तुलित गराउँछ । पाचन प्रणालीलाई पनि दरुस्त बनाउँछ । केही दिन निरन्तर यो पानी पिउँदा पेटमा लागेको बोसो बिस्तारै कम हुँदै जान्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार