नेकपा भित्रको विवाद विभाजन उन्मुख
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार १९:५२:३०
२६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको अन्तर्संघर्ष विस्तारै विभाजनकै दिशातर्फ उन्मुख भएकोछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बढेको तिक्तता अब सहमति भन्दा विग्रहकै पक्षमा बलशाली भएको संकेत मिलेको छ । दुई अध्यक्षबीच सुरु भएको विवाद सचिवालयले टुंगो लगाउन नसकेपछि अहिले स्थायी कमिटीमा पुुगेकोछ । अध्यक्षद्वयको राजनीतिक प्रस्ताव उपर स्थायी कमिटीमा छलफल सुरु हुने चरणमा छ । त्यसका लागि आवश्यक तयारी गर्न ओलीले १० दिनको समय मागेकाछन् । उक्त समयसीमा पनि पर्सि मंसिर २८ गते सकिंदैछ ।
यसबीचमा ओली केही लचक देखिएकाछन् । तर प्रचण्ड र नेता माधवकुमार नेपाल भने सबै कुराको छिनोफानो स्थायी कमिटी नत्र केन्द्रीय कमिटीले गरोस् भन्ने चाहेका छन् । तर ओली भने सकेसम्म सचिबालयबाटै सबै समस्याको समाधान खोज्ने पक्षमा रहेका छन् । परिस्थिति भने अब नयाँ दिशामा अघि बढिसकेकोछ । सुरुमा दुई अध्यक्षबीच भागबण्डाबाट सुरु भएको विवाद अब भने सैद्धान्तिक आवरणमा आइपुगेकोछ । अहिलेको परिस्थिति हेर्दा सहमतिको कुनै सम्भावना देखिंदैन ।
ओलीसँग सहमतिको सम्भावना न्यून देखिएकाले यतिबेला प्रचण्ड र नेपाल पक्षले आफ्नो गुटको गोप्य भेला राख्न थालेकाछन् । हिजै मात्र यो पक्षले बाग्मती प्रदेशस्तरीय गोप्य भेला गरी कार्यकर्तालाई प्रशिक्षण दियो । बाग्मती प्रदेशका १४ जिल्लाका संयोजक, सहसंयोजक, अध्यक्ष र उपाध्यक्ष सम्मिलित गोप्य भेलामा प्रचण्ड र नेता नेपालले संवोधन गरे । पूर्व माओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा भएको गोप्य भेलामा नेताहरुले आगामी परिस्थितिको कसरी सामना गर्ने भन्नेमै प्रशिक्षण चलेको थियो ।
भेलालाई संवोधन गर्दै प्रचण्डले पार्टी एकताको पक्षमा आफू इमान्दार भएर लाग्दासमेत ओलीले अपमानजनक व्यवहार गरेको भन्दै अब पार्टीलाई विधिपद्धतिमा चलाउन ओलीले सच्चिनुको विकल्प नरहेकोमा जोड दिएका थिए । ओलीले पार्टी विभाजनको लागि तयारी गरिरहेको जानकारी दिंदै उनले जस्तो परिस्थिति आएपनि त्यसलाई सामना गर्न कार्यकर्ताहरु जागरुक हुनुपर्ने बताए । यस्तै नेता नेपालले ओलीको दादागिरी अब पार्टीमा नचल्ने भन्दै व्यक्तिले पार्टी चलाउने नभई पार्टीले व्यक्ति चलाउने पद्धति स्थापित हुनुपर्ने बताए ।
ओलीजीले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटी बैठक बहिष्कार गर्छु भनेको प्रसंग झिक्दै नेता नेपालले अब कसैलाई आक्षेप लगाएर आफू चोखिन खोज्ने प्रवृत्ति परास्त हुने बताए । उनले भनेका थिए– त्यो प्रस्ताव प्रचण्डजीको एकल हैन, हामी सबैको हो , त्यसैले फिर्ता गर्ने भन्ने त सवालै उठ्दैन । प्रचण्ड र नेपाल पक्षले यसअघि पनि यस्तै भेला राजधानीकै थापाथली क्याम्पसमा राखेको थियो । सो भेलामा अष्टलक्ष्मी शाक्य, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेलगायत नेता कार्यकर्ता उपस्थित थिए ।
उता, ओली पक्षलेपनि विगतदेखि नै गुटको भेला राख्दै आएकोछ । मदन भण्डारी फाउण्डेसनका नाममा देशव्यापी रुपमा भेला आयोजना गरी जनताको बहुदलीय जनवादको पक्षमा प्रशिक्षण दिने काम गर्दै आएको छ । दुबै पक्षको यस्तो तयारीले प्रष्ट संकेत गर्छ–अब नेताहरु मिलने अवस्थाबाट धेरै टाढा पुगिसके । आइतबार बस्ने स्थायी कमिटीले कुनै निकास दिने संभावना छैन । बरु तिक्तता अझै फराकिलो बनाउने अवस्था चाहिं देखिन्छ ।
ओलीलाई उपस्थित हुन १० दिनको म्याद दिइएपनि यसबीचमा खासै उपलव्धि भएको देखिंदैन । बरु ओलीले नेताहरुलाई फकाउनेतिर आफ्नो उर्जा खर्च गरेकाछन् । प्रचण्डले क्षमायाचनासहित प्रस्ताव फिर्ता नलिए बैठकमै उपस्थित नहुने अडान राख्दाराख्दै ओलीले तिनै प्रचण्डलाई फकाउन प्रयास गरे । अस्ती मात्रै उनले प्रचण्डलाई बोलाएर नेपाल धोकेबाज भएकाले उनीसँगको गठबन्धन तोड्न ओलीले प्रचण्डलाई आग्रह गरेका थिए । तर ओलीको प्रस्ताव उल्टो काउन्टर प्रोडक्टिभ भयो । प्रचण्डले बरु नेपाल इमान्दार भएको तर ओली नै राजनीतिक बेइमान भएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए ।
स्थायी कमिटीमा छलफलका लागि प्रस्तुत दुबै अध्यक्षको दस्ताबेज फिर्ता गरेर एकल प्रस्ताव बनाउनसमेत ओलीले प्रचण्डसँग आग्रह गरेका थिए । तर प्रचण्डले उक्त प्रस्तावसमेत अस्वीकार गरेका छन् । उता, नेता नेपाल पनि अब ओलीसँग निर्णायक लडाईं नै गर्ने पक्षमा अडिग छन् । उनले कम्तिमा एक पदबाट ओलीलाई स्टेप डाउन गराउने रणनीतिका साथ अभियानलाई बल दिइरहेका छन् ।
ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एउटा पदबाट राजिनामा नदिए केन्द्र्रीय कमिटीबाटै निर्णय गराउने उनको तयारी छ । नेपालको सो तयारीमा अर्का अध्यक्ष प्रचण्डको समेत पूर्ण साथ र समर्थन रहेको छ । त्यसैले ओलीले पनि आफ्नो बटमलाइन क्लियर गरेकाछन् । उनले यो बुझेका छन् । त्यसैले दुबै पदबाट नहट्ने अडान लिइरहेकाछन् । तर केन्द्रीय कमिटीले नै निर्णय गर्ने अवस्था आयो भने चाहिं ओली पनि पछाडि हट्ने अवस्था आउने देखिएकोछ । ओलीले निकटवर्तीहरुसँग भन्ने गरेका छन्– अन्तिम अवस्थामा अध्यक्ष पद त्याग्न सकिन्छ । तर प्रधानमन्त्री पदमा भने कसैले भाँजो हाल्ने प्रयास गरेको अवस्थामा पार्टी विभाजन गर्न पनि पछाडि नहट्ने उनको मनसुवा देखिएकोछ । तर यसका लागि केही समय भने कुर्नै पर्ने भएको छ । ब
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार