न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २२:४३:५९
२६ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल धितालले जानकारी दिए।
उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन् । यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ । एघारउजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उनले बताए ।
घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।
आव २०७५/७६ मा ८१ उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए ।
सो अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ । चालू आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य रहेका छन् ।
समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार