व्यावसायिक बङ्गुरपालन : सस्तो र कम खर्चमा राम्रो आम्दानी
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २३:५:४१
२६ मंसिर, देउखुरी । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा पनि आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन फस्टाएको छ । घोराही उपमहानगरपालिका–१० निवासी सीता चौधरीले आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा व्यावसायिकरुपमा बङ्गुरपालन शुरु गरेकी हुन् ।
पन्ध्र कट्ठा जग्गाको वार्षिक ५० हजार रुपैयाँका दरले भाडामा लिएर व्यवसाय शुरु गरेको दुई वर्षमा आम्दानी लिन शुरु गरेको उनी बताउछिन। “पचास हजारको लगानीमा १२ वटा पाठापाठीबाट शुरु गरेको व्यवसायमा अहिले १७ वटा माउ, १०५ वटा पाठापाठी र दुई भाले छन् । एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । तीन महिना तीन हप्ता तीन दिनमा बङ्गुरले बच्चा दिने गरेको चौधरीले बताइन ।
उनी भन्छिन, “२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरु सबै जिल्लाभित्र बिक्री भइरहेको छ । पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर वार्षिक रु आठ लाख आम्दानी हुने गरेको छ ।” घोराही बजारका १० होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु एक हजार दिने गरेको सीता बताउछिन
राप्ती गाउँपालिका–२ बराखुट्टीका हेमलाल सार्कीले पाँच वर्षदेखि बङ्गुरपालन व्यवसाय गर्दै आएका छन । पाँच वर्ष वैदेशिक रोजगारीमा गएको र त्यहाँ कमाएको पैसा जम्मा गरेर आफ्नै गाउँठाउँमा काम गर्न मन लाग्यो र “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुने देखेर यता लागेको हुँ । सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, सार्कीले भने । चार वटादेखि शुरु गरेको अहिले ठूला ३० वटा, ७० साना पाठापाठी र दुई वटा भाले छन् । दुई जना स्थानीयलाई रोजगारी दिएको उनले बताए ।
बच्चा उत्पादन गर्ने माउलाई छुट्टै खोरमा राखेको र उत्पादन भएका बच्चा घरबाटै बिक्री हुने गरेका छन् । बिक्री नभएका पाठापाठी ठूला भएपछि मासुका लागि बिक्री हुने गरेका छन् । ठूला बङ्गुर मासुका लागि प्रतिकिलो ३०० रुपैयाँका दरले बिक्री हुने गर्छन् । खर्च कटाएर वार्षिक १२ लाखभन्दा धेरै आम्दानी हुने गरेको छ ।
घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख जीवराज पौडेलले घोराही क्षेत्रमा ३५ बङ्गुर फार्म दर्ता भएको बताए । ‘‘प्रदेश सरकारको यस वर्ष ‘बङ्गुर प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत पाँच वटा समूहका ५० जना कृषकलाई उन्नत जातका पाठापाठी उपलब्ध गराउने कार्यक्रम रहेको छ । दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुर पालिएका छन् । बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दनी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो ।
लमही नगरपालिका पशु सेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले लमहीमा ३० वटा बङ्गुर फार्म दर्ता भएको बताउनुभयो । बङ्गुरपालक किसानले वर्षमा १२ देखि १५ लाखसम्म आम्दानी गरेका छन् । एउटा बङ्गुरले वर्षमा कम्तीमा पनि रु ५० हजार आम्दानी दिने गरेका छन् । ‘प्रदेशको सरकारको ‘बङ्गुर मिसन कार्यक्रम’ अन्तर्गत लमही नगरपालिकाको वडा नं ३, ६, ८ मा प्रस्ताव आह्वान गरेका छौँ । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत खुमलटारबाट ल्याएर १० वटा ‘विर’ भाले बङ्गुर वितरण गरेका थियौँ, यस वर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार