अब ओलीसँग सम्झौता नगर्ने प्रचण्डको घोषणा
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शनिबार ०:५१:४
२६ मंसिर, काठमाडौं । पद र पार्टी संकटमा परेका प्रचण्डसँग कानेखुशी गरेर कुर्सी जोगाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष प्रचण्डले कडा चेतावनी दिएका छन् । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब ओलीसँग कानेखुसी गरेर पार्टी नचल्ने भन्दै कडा शब्दमा चेतावनी दिएका हुन् ।
बागमती प्रदेशका आफू निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेलामा प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताए । तर अब ओलीसँग एक्लै कानेखुशी गरेर मात्रै कार्यकर्ताको विश्वास थाम्न नसकिने भएकाले त्यसतर्फ आफू सचेत भएको प्रचण्डको भनाई छ ।
प्रचण्डले अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताएका छन् । सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको ओलीको भनाई छ ।
पछिल्लो सचिवालय र स्थायी कमिटी बैठकमा प्रचण्डमाथि निर्णायक भूमिका खेल्नुपर्ने दबाब छ । ओलीलाई राजीनामा दिन लगाउने निर्णायक कदममा प्रचण्ड अडिग हुनुपर्ने र ओलीको दम्भ समाप्त गर्नुपर्ने आवश्यकता रहेको कार्यकर्ताको जोड छ । तर प्रचण्डले सबै नेताहरुलाई मिलाएर पार्टी एकता जोगाउने पक्षमा आफू रहेको कार्यकर्तालाई जवाफ दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार