मतपरिणाम नमान्ने ट्रम्पको अडानमा सर्वोच्चकाे धक्का
नेपालबहस संवाददाता
मंसिर २७, २०७७ शनिबार १७:३८:४५
२७ मंसिर, काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अभूतपूर्व प्रयासलाई अस्वीकार गरेको छ। टेक्सस, जोर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो।ती चारवटै राज्यमा ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले चुनाव जितेका हुन्।
उक्त मुद्दालाई १८ प्रान्तीय महान्यायाधिवक्ता र १०६ रिपब्लिकन कङ्ग्रेस सदस्यहरूले समर्थन जनाएका थिए। तर एउटा संक्षिप्त आदेशमा सर्वोच्च अदालतले शुक्रवार टेक्सससँग उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउने कुनै कानुनी आधार नभएको उल्लेख गरेको छ।
अदालतको यो आदेश ट्रम्पका लागि एउटा झड्का हो किनकि उनी गत नोभेम्बरमा भएको निर्वाचनमा प्रमाणविना धाँधलीको आरोप लगाइरहेका छन् र त्यसलाई कानुनी चुनौती दिने बताइरहेका छन्। उक्त अदालतले यसै साता पेन्सिल्भेनियामा बाइडनको विजयविरुद्ध अर्को एउटा छुट्टै कानुनी चुनौतीलाई खारेज गर्दै एक वाक्यमा आदेश दिएको थियो।
चुतावपश्चात् ट्रम्पका समर्थकहरूले चुनावी नतिजाविरुद्ध दर्जनौँ मुद्दाहरू हालेका छन् तर ती कुनै पनि सफल भएका छैनन्। डेमोक्र्याटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका छन्। बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन्।
गत मंगललवार ट्रम्पका साझेदार टेक्ससका रिपब्लिकन महान्यायाधिवक्ता केन पाक्सटनले उक्त मुद्दा हालेका थिए।त्यसलाई राष्ट्रपति ट्रम्पले समर्थन गरेका थिए। उनले बुधवार हस्तक्षेप गर्न आग्रह गर्दै निवेदन गरेका थिए र यो मुद्दामा वादी बनेका थिए। उक्त मुद्दामा विस्कन्सिन, मिशिगन, पेन्सिल्भेनिया र जोर्जिया चारवटै राज्यको राष्ट्रपतीय चुनावको नतिजा खारेज गर्न माग गरिएको थियो।
टेक्ससले कोरोना भाइरस महामारीका बेला पनि अमेरिकीहरूले मत हाल्न पाउन् भनेर गरिएको व्यवस्था गैरकानुनी भएको आरोप लगाएको थियो।पाक्सटनले सर्वोच्चसँग ती राज्यहरूका संसद्लाई कसले चुनाव जितेको निर्णय गर्ने अधिकार दिन माग गरेका थिए। ती सबै राज्यको संसद्मा ट्रम्पको पार्टी रिपब्लिकनहरूकै बहुमत रहेको छ।
तर बिहीवार चारै राज्यले दर्ता गराएको एउटा निवेदनमा त्यस्तो कार्यका लागि कुनै कानुनी आधार नभएकाले त्यसलाई खारेज गर्न भनिएको थियो। सर्वोच्च पनि त्यसमै सहमत देखियो। ह्वाइट हाउसकी प्रवक्ता केली म्याकेनेनीले न्यायाधीशहरूलाई उदृत गर्दै त्यसलाई उनीहरूले छल गरे भन्ने बाहेक अर्को तरिकाबाट भन्न नसकिने बताइएकी छिन् । बाइडनका एकजना प्रवक्ताले चाहिँ यो आदेश कुनै अचम्मको कुरा नभएको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार