गोकर्णेश्वरबाट अवैध यार्सागुम्बा सहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार २०:३६:५९
२८ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तु सहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभा चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णश्वर नगरपालिका-४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका-७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो ।
शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका-४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार