कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अस्पताल शिल
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ सोमबार २:४९:५६
२८ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल शिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अस्पताल शिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिए ।
“अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौँ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर शिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ ।” उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन् ।
अस्पताल शिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार