शुक्लाफाँटा पुस ५ गतेसम्मका लागि बन्द
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १६:३५:४४
२९ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदा सम्मका लागि मंसिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको छ ।
स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै वडा क्षेत्रमा बाह्य व्यक्तिलाई प्रवेश दिइने वडाध्यक्ष कमल गिरीले बताए । कोरोनाको सङ्क्रमण देखिएको वन समिति, खजुवा, गर्जमुनी, वैशाखा र वडाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्रको आवतजावतमा कडाइ पारिएको छ ।
सोही वडाका एक वृद्धको गत साता कोरोनाको सङ्क्रमणकै कारण मृत्यु भएको थियो । दश कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार नगरपालिकामा १३४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार