मकवानपुरमा भूकम्पले भत्केको गुम्बाको शिलान्यास
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १७:०:१९
२९ मंसिर, वाग्मती । मकवानपुरको हेटौँडामा रु एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरे । हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ ।
उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले भने । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो ।
यसैबीच हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको प्रमुख महतले शिलान्यास गरे । हेटौंडा उपमहानगरपालिकाको रु ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए ।
उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो । हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार