सरकारले नारा र सपना मात्र बाँडेकाे नेता सिंहकाे आरोप
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १९:४६:५२
३० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गरे ।
पार्टी पूर्वमहामन्त्री सिंहले सरकारले जनताका दुःखकष्टको आवाजलाई नसुनेको भनी चिन्ता व्यक्त गरे। सरकारले परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रको हितलाई ध्यानमा नराखी कम्युनिष्ट पार्टीको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका नाममा सीमा नाका बन्द गरी जनतालाई सास्ती भोग्नु परिरहेको अवस्थाप्रति तीनै तहका सरकार गम्भीर हुनु जरुरी छ भने ।
फरक प्रसंगमा नेता सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार पूर्ण रुपमा असफल भएको दावी गरे । सरकारकै संरक्षणमा अपराध र भ्रष्टाचार मौलाएको दावी गर्दै नेता सिंहले सरकार बहुमतको भए पनि अत्यन्त कमजोर सावित भइसकेको बताए ।
कोरोनाका कारण ठप्प भएका गतिविधि विस्तारै सामान्य बनाउँदै लैजानुपर्ने सिंहको भनाइ छ । उनले सीमा नाका बन्द गर्दा सीमा क्षेत्रका जनता समस्यामा परेको हुनाले विस्तारै सुचारु गर्न सरकारसँग माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार