राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार २०:३१:५५
३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको आज बसेको आकस्मिक बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।
सत्तारुढ नेकपा भित्र बढिरहेको सत्ता संघर्षकै बीच प्रधानमन्त्री केपी ओलीले यो विधेयक जारी गर्न सिफारिश गरेका हुन् ।
अध्यादेशमा गणपुरक संख्या घटाइएको छ । ओलीले परिषदको बैठक राख्न पटक पटक प्रयास गरेपनि सदस्य रहेका सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिले प्रभावित भइरहेको छ । आजै साँझ ५ बजेका लागि परिषदको बैठक डाकिएको छ ।
पार्टी भित्रका विरोधीले असहयोग गरेको भन्दै ओलीले यस्तो विधेयक ल्याउनुपरेको जानकारी मन्त्रिपरिषद बैठकलाई गराएका थिए । ओलीको यो निर्णयले पार्टी भित्रको द्वन्द्व अझै चर्कने निश्चित छ । भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको छ ।
थप यो पनि पढ्नुस:
मन्त्रिपरिषद बैठक जारी: अध्यादेश आउन सक्ने
नेकपाभित्रको शक्तिसंघर्षले संवैधानिक परिषदकाे बैठकमा असर
संवैधानिक परिषद आजै ५ बजे, नियुक्ति प्रकृया अघि बढाउन ओली दृढ
सभामुखले बहिस्कार गरेपछि संवैधानिक परिषदको बैठक स्थगित
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार