राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता
नेपालबहस संवाददाता
पुस १, २०७७ बिहिबार २:४०:५५
१ पुष, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद(साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल आज नगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गरेको छ ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र नगर प्रमुख रमेश महर्जनले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नुपर्ने भएमा नगरपालिकालाई पूर्वजानकारी गराउनुपर्ने तथा नगरपालिकाले स्वीकृति दिनुपर्ने उक्त सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौताअनुसार कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत आवश्यक मर्मतसम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्नेछ । नगरपालिकाले आवश्यक तथा मागअनुसार खेलकूद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्नसक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित कानूनबमोजिम समाधान गरिने सम्झौतामा उल्लेख छ ।
विसं २०७५ भदौ १ गते निर्माण शुरु गरिएको उक्त कभर्डहल रु तीन करोड दुई लाख ३० हजारको लागतमा सम्पन्न भएको हो । विसं २०७६ कात्तिक ३० गते निर्माण सम्पन्न भएको सो कभर्डहल ५०० दर्शक अटाउने क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत खेल खेल्न सकिनेछ । सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गरे। नगर प्रमुख महर्जनले कीर्तिपुरलाई खेलकूदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार