प्रधानन्यायाधीश राणाका कारण अध्यादेश फिर्ता
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १९:१३:५८
२ पुष, काठमाडौं । बाहिर हल्ला चल्यो– प्रधानमन्त्री केपी ओली अध्यादेश फिर्ता लिन तयार भए । हिजो दिउँसो एकाएक राजनीतिक वृत्तमा यो खबर डँढेलो झैं फैलियो । वास्तवमा प्रधानमन्त्री ओली प्रस्ताव फिर्ता लिन तयार भएका थिएनन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रष्टै भनेका हुन्– अध्यादेश फिर्ता गर्नुपर्ने भए तपाईंको आरोपपत्र पनि फिर्ता होस् ।
यसका लागि प्रचण्ड तयार थिएनन् । त्यसैले उनी स्थायी कमिटी बैठकस्थलतिर लागे । ओली नजाने भए । यसैबीच, प्रधानमन्त्री ओलीलाई एउटा महत्वपूर्ण फोन आयो । फोन गर्ने महानुभाव थिए– प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणा । राणाले भने – प्रधानमन्त्री ज्यू, हिजो जारी अध्यादेश खारेजीका लागि रिट दायर भयो । अब मैले संवैधानिक परिषदको बैठकमा आउन नमिल्ने भयो ।
प्रधानन्यायधीश राणाको यस्तो जवाफले ओली ब्याक भए । राणा पनि बैठकमा बस्न नमिल्ने भएपछि परिषद बैठक बस्नै नसक्ने भयो । त्यसैले उनी नयाँ ढंगले अगाडि बढ्ने मनस्थितिमा पुगे । लगत्तै उनले महासचिव विष्णु पौडेललाई फोन गर्न लगाए ।
पौडेलसँग सबै कुरा गरेपछि फेरि प्रचण्डसँग वार्ता गर्न शंकर पोखरेल र घनश्याम भूषाललाई परिचालन गरियो । अनि दुबै अध्यक्षबीच आफ्ना अडान फिर्ता गर्ने सहमति जुटेको थियो । राणा बैठकमा बस्ने अवस्था रहन्थ्यो भने ओलीले कुनै हालतमा अध्यादेश फिर्ता गर्ने थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार