फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार २:४२:१३
२ पुष, पेरिस । फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि संक्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।
त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोना भाइरसले संक्रमित बनाएको थियो ।
राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा संक्रमण देखिएको हो । उनी अव कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ । फ्रान्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ ।
उनले संक्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ । म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए। आर्थिक सहकार्य तथा विकासका लागि संगठन ‘ओइसीडी’द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि संक्रमित भएको आशङ्का गरिएको छ ।
सम्मेलनको अध्यक्षता गरेका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि संक्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेको उनका प्रवक्ताले जानकारी दिए । त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेको उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन । उनीहरूलाई संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।
म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरूलाई संक्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । फ्रान्समा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार