ओली नयाँ जुक्ति खोज्दै
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १९:३७:७
३ पुष, काठमाडौं । पार्टीभित्र किनारा पार्न खोजिएको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली यतिबेला विक्षिप्त छन् । कात्तिक २८ काे सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आफूप्रति लक्षित भएको र त्यो पूर्णत आरोपपत्र रहेको भन्दै ओलीले खारेज गरेपछि विवाद नयाँ चरणमा प्रवेश गरेको थियो ।
ओलीले प्रचण्डको कथित आरोपपत्रलाई जवाफ दिंदै अर्काे प्रतिवेदन पेश गरे । दुबै प्रतिवेदनमाथि सचिवालयमा छलफल भयो । तर निकास दिन भने सकेन । त्यसैले उक्त प्रस्ताव उपर छलफल गर्न स्थायी कमिटी वैठक बोलाइएको छ । ओली भने प्रचण्डको प्रस्वावमाथि कुनै हालतमा छलफल चलाउन चाहँदैनन् । तर बहुमत सदस्य भने छलफलबाट एउटा निश्कर्ष निकालेर केन्द्रीय कमिटीले छिनोफानो गरोस् भन्ने पक्षमा छन् ।
यही विवादलाई व्यवस्थापन गर्न नसक्दा ओली उट्पट्याङ गर्न उद्यत् छन् । बहुमतको निर्णय नहोस् भन्ने उनको चाहनाले गर्दा उनी विभिन्न फण्डा तयार गर्दैछन् । त्यसैमध्येको एउटा हो, अध्यादेश प्रकरण । संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐनमा उनले संशोधन गर्न अध्यादेश जारी गराए । जसले गर्दा पार्टीको ध्यान अर्कातिर केन्द्रित भयो । चर्काे दबाब खासगरी संसदकाे विशेष अधिवेशन बोलाउने विषय जब सकार हुन लाग्यो अनि भने ओली थोरै गलेका छन् । तर उनी अझैपनि प्रचण्डको प्रतिबेदनमाथि छलफल गर्न तयार छैनन् । उक्त प्रतिबेदन जसरी भएपनि कार्यसूचीबाट हटाइनुपर्ने ओलीको शर्त यथावत छ ।
यही शर्त पूरा गराउन उनी मौखिक रुपमा अध्यादेश फिर्ता गर्न सहमत भएपनि कार्यान्वयन गर्न भने हच्किरहेका छन् । उल्टो हिजो उनले फिर्ता लिन्छु भन्ने अध्यादेशकै बलमा संवैधानिक परिषदको मिडिङ डाकेका थिए । प्रचण्डले चर्काे विरोध गरेपछि बल्ल ओली बैठक नराख्न सहमत त भए । तर साँझ बसेको मन्त्रिपरिषद बैठकबाट अध्यादेश फिर्ता गर्न भने उनी राजी भएनन् ।
अध्यादेश फिर्ता गर्ने नै हो भने स्थायी कमिटी बैठक रोकेर संयुक्त प्रस्ताव तयार गरेर मात्र अगाडि बढ्न सकिने ओलीको योजना छ । तर बहुमत सदस्य त्यसका लागि तयार छैनन् । जसले गर्दा ओली के गर्ने भन्नेमा अन्योलग्रस्त नै देखिएका छन् । सजिलो गरी काम भएन भने जालझेल गरेरै भएपनि अगाडि बढ्ने मानसिकता चाहिं ओली पक्षले बनाएको देखिन्छ । त्यसैले गर्दा स्थायी कमिटीमा फिर्ता लिन्छु भनेको अध्यादेश अझै लिइएको छैन ।
चुलिंदो आक्रोश
हिजोको भेटमा प्रचण्डले ओलीलाई सुझाएका थिए– आजै क्याबिनेट बैठक डाकेर अध्यादेश फिर्ता लिने प्रकृया थाल्नुहोस् । जवाफमा ओलीले यसबारे थप परामर्श आवश्यक रहेको बताएका थिए । ओलीले भनेका थिए– यो विषय राष्ट्रपतिसँग पनि जोडिएकाले एकपटक सल्लाह गरेर मात्रै फिर्ता लिने प्रकृया अगाडि बढाउँछु । रुपमा ओलीले यस्तो तर्क गरेपनि सारमा भने प्रचण्डको प्रस्ताव फिर्ता लिने नै रहेको छ ।
ओलीले हिजो फिर्ता प्रकृया अगाडि नबढाएपछि आज बिहान खुमलटारमा शीर्ष नेता भेला भएका थिए । अब कसरी प्रस्तुत हुने भन्नेमै नेताहरु छलफलमा जुटे । पुस ५ गतेसम्म पनि ओलीले अध्यादेश फिर्ता नगरे फेरि संसद्को विशेष अधिवेशन माग गर्ने सहमति जुटेको छ ।
ओलीको जालझेल
जति प्रयास गर्दासमेत प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई गलाउन नसकेका ओलीले अब सभामुख अग्निप्रसाद सापकोटाको मुद्धा व्यूँताउने अभियान थालेका छन् । संबैधानिक परिषद बैठकमा नआएका सभामुख सापकोटाविरुद्ध सर्वाेच्चमा परेको अर्जुन लामा हत्यासम्बन्धी मुद्धाको पेशी चढेको छ ।
आज प्रधानन्यायधीशसमेतको इजलाशमा सापकोटाको मुद्धा चढेको हाे । आजै उक्त मुद्धाको सुनवाई हुँदैछ । यो मुद्धा व्यूँतिएपछि पूर्व माओवादी पक्ष हच्केको छ । ओली पक्षले अब प्रचण्डलाई समेत अन्तर्राष्ट्रिय अदालतमा पुर्याउने भन्दै हेगको त्राश दिइरहेका छन् ।
गुट भेलामै व्यस्त
प्रधानमन्त्री ओलीले बहुमत नेताहरुलाई हाक्काहाक्की चुनौती दिंदै आफूखुसी गर्न थालेपनि त्यसलाई निस्तेज पार्न प्रचण्ड – नेपाल पक्ष सक्षम देखिएन । बरु ओलीविरुद्ध गुट भेलामै चित्त बुझाइरहेको छ । आजपनि यो समूहले पेरिसडाँडामा अर्काे गुट भेला आयोजना गरेको छ ।
प्रदेश १ का पार्टी कमिटी अध्यक्ष तथा सचिवहरुको आज भेला गरिएको छ । भेलामा प्रचण्ड र नेता नेपाल पक्षीय नेता मात्र सहभागी छन् । ओलीले पार्टी भित्र गरेको ज्यादतिको चर्चा गर्दै नेताहरुले भोलिको सम्भावित परिस्थितिबारे समीक्षा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार