प्रचण्डको कार्यकर्ता भेला बामदेवद्धारा बहिष्कार
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार २३:५७:५८
३ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर तरंगित बनेको नेकपाभित्रको आन्तरिक विवादबारे प्रचण्डले कार्यकर्ता भेला गर्दा उपाध्यक्ष वामदेव गौतमले बहिष्कार गरेका छन् । गौतमले आफू कुनै पनि गुटको भेलामा नजाने बताउँदै कार्यकर्ता भेला बहिष्कार गरेका हुन् ।
प्रचण्डले प्रदेश १ का नेता कार्यकर्ताको भेला गर्दा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको सहभागिता थियो । तर वामदेव भने गएनन् । सो भेलाप्रति आफ्नो टिप्पणी सार्वजनिक गर्दै गौतमले अहिले भेला गर्ने बेला नभई बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
उनले पाँचजना नेताको बैठकमा भने सहभागी हुने बताएका छन् । ओलीप्रतिको असन्तुष्टि बढ्दा कार्यकर्ता भेला गरेर समाधान नहुने गौतमको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार