सडकमा सवारी जाम बढ्यो
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ०:४३:२०
३ पुष, काठमाडौं । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ ।
मंसि।देखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेपछि सबै चल्न दिएको यातायात व्यवस्था विभागले जनाएको छ । सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ । राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताए ।
सबै सवारी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ । यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ । सार्वजनिक सवारीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ ।
यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्कसमेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उनको भोगाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार