टेनिस खेलाडीका परिवारलाई रु १२ लाख ८० हजार सहयोग
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ३:४८:१
३ पुष, कास्की । कास्की जिल्ला टेनिस संघले टेनिस खेलाडी स्व सुरज नगरकोटीका परिवारलाई रु १२ लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकममध्ये रु आठ लाख स्व नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ । बाँकी रु एक लाख ५० हजार श्रीमती र रु एक लाख ५० हजार बुबा÷आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको संघका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिए ।
संघका केन्द्रीय उपाध्यक्ष कायस्थले परिश्रमी र गौरव गर्न लायक खेलाडी गुमाउँदा दुःख लागेको बताउँदै स्व नगरकोटीको छोरीलाई निःशुल्क अध्ययन अध्यापन गर्न संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानकोट घर भएका स्व नगरकोटी पाँच वर्ष अघिदेखि पोखरामा रहेर टेनिस खेल तथा प्रशिक्षणमा आबद्ध छन्। गत असोज २२ गते फेवातालमा पौडी खेल्ने क्रममा डुबेर नगरकोटीको निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार