उखु किसान गरे सरकारको आग्रह अस्वीकार
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ५:२६:५
४ पुष, काठमाडौं ।उखु किसानको धर्ना रोक्न सरकारले गरेको आग्रहलाई संघर्ष समितिले अस्वीकार गरेको छ । माइतीघर मण्डलामा भइरहेको धर्नामा श्रीराम सहितका चार वटा चिनी मिलले ६५ करोडभन्दा भन्दा बढी रकम नदिएपछि सर्लाही, कपिलवस्तु, नवलपरासीका उखु किसान आन्दोलनरत छन् ।
आन्दोलन चर्किँदै गएपछि सबैभन्दा धेरै ३५ करोड बक्यौता रहेको श्रीराम सुगर मिलले शुक्रबार १६ करोडभन्दा बढी रकम सरकारको रोहबरमा पठाएको बताएको छ र बाँकी रकम पनि सोमबारसम्म किसानको खातामा पठाउने बताएको छ ।
लगतै उद्योग, वाणिज्य, आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलन स्थगन गर्न किसानहरुलाई आग्रह गरेका थिए ।
तर आन्दोलनरत किसानहरुले भने अझै विश्वासको वातावरण नबनेको बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा बसेको उखु किसान संघर्ष समितिको बैठकले भुक्तानी दिलाउन सरकारले गरेको प्रयास सकारात्मक भएपनि विश्वासको वातावरण नबनेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
‘केही चिनी मिलबाट भुक्तानीको सुरुआत थालिएकोमा सरकारलाई धन्यवाद छ, तर अझै विश्वासको वातवरण बनेको छैन, त्यसैले आन्दोलन नराक्ने निर्णय गर्यौं,’समितिका संरक्षक राकेश मिश्रले भने ।
श्रीराम सुगर मिलले भुक्तानी थालेको जानकारी सरकारबाट पाएपनि अन्य मिलले रकम दिने सुनिश्चित हुन नसकेको किसानहरुले बताएका छन् । संघर्ष समितिले भुक्तानी ग्यारेन्टीको कार्यविधि निर्माण गर्न वा उच्चस्तरीय समिति बनाउन सुझाव दिने निर्णय गरेको मिश्रले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार