मधुमेहका राेगीलाई कस्तो फल उपयुक्त हुन्छ त ?
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार १२:३२:३५
४ बर्ष, काठमाडौं । मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ ।
यसैगरी मोटोपन, हाई कब्र्स, हाई कोलेस्टोर, अस्वस्थ्य बोसोयुक्त खानेकुराले पनि तपाईंको शरीरमा ब्लड सुगरको मात्रा बढाइदिन्छ । यसरी विविध कारणले शरीरमा ब्लड सुगरको मात्रा बढ्ने भएकाले त्यसका सम्बन्धमा विभिन्न भ्रम एवं दुविधा रहेको पाइन्छ । खासगरी फलफूलको सेवनलाई लिएर मधुमेह रोगीहरु स्पष्ट हुँदैनन्, कस्तो फल खाने वा कस्तो नखाने रु कति खाने, कसरी खाने रु
मधुमेह भएका अवस्थामा आँप, केरा, सीताफल, र अंगुर जस्ता फल खान हुन्न । किनभने यी फलहरुमा चिनीको मात्रा अत्याधिक हुन्छ । चिकित्सकहरुले यी फलहरु मधुमेहका रोगीलाई नखान सुझाव दिने गरेका छन् ।
मधुमेहका रोगीले केरा खान हुन्छ कि हुन्न त रु केरामा एक उच्च ग्लाइसेमिक सुचकांक हुन्छ, जसको अर्थ यसमा चिनीको मात्रा बढी र फाइबर कम हुन्छ । यसमा रहेको चिनीले पनि मधुमेह रोगीलाई राम्रो गर्दैन । यद्यपि तपाईंले केरालाई सही मात्रामा र सीमित मात्रामा सेवन गर्ने हो भने, यसले त्यती हानी पनि गर्दैन ।
कस्तो फल उपयुक्त ?
मधुमेहमा कस्तो फल उपयुक्त हुन्छ त ? विशेषज्ञका अनुसार सुन्तला निकै फाइदाजक हुन्छ । सुन्तला मधुमेह रोगीका लागि सुन्तला एक सुपरफूड हो । यद्यपि सुन्तलाको जुस भने उचित हुँदैन । यसमा अतिरिक्त चिनी मिसाइएको हुन्छ । यद्यपि ताजा सुन्तला सेवन गर्ने हो भने यसमा फाइबर, भिटामिन सि, फोलेत र पोटासियम आदि पाइन्छ, जसले ब्लड सुगरको मात्रा नियन्त्रण गर्छ ।
अम्बा पनि मधुमेह रोगीका लागि निकै उपयुक्त फलमध्येमा पर्छ । यसमा लो ग्लाइकोमिक इन्डेक्स हुने भएकाले मधुमेह नियन्त्रणमा सहयोग गर्छ । यो फाइबरको समृद्ध स्रोत पनि हो । यसमा भिटामिन ए र सि अधिक पाइन्छ, जो मधुमेह रोगीका लागि उचित हुन्छ ।
नास्पतीमा २८ प्रतिशत चिनी हुन्छ । यसमा महत्वपूर्ण मात्रामा भिटामिन सि, थायमिन, पोटाशियम, म्याग्नेसियम र फाइबर हुन्छ । चिनीको मात्रा बढी भएपनि नास्पती निकै फाइदाजक हुन्छ । मौसममा भिटामिन सिको मात्रा बढी हुन्छ । यसमा चिनीको मात्रा धेरै हुँदैन । मधुमेह रोगीका लागि यो फल पनि निकै उपयोगी हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार