स्नेहा केयरद्धारा पशु कल्याण ऐनको माग
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार १८:४३:४७
४ पुष, काठमाडौं । पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दे आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुव्र्यवहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ । पशु स्वास्थ्य, खाद्य सुरक्षा तथा उत्पादनमा पशुु कल्याणका सवाललाई सम्बोधन गर्न संस्थाले सरोकारवाला पक्षसँग हालै गोष्ठी गरी पशुसेवा विभागको अगुवाइमा उक्त ऐनको मस्यौदा तयार भई मन्त्रालयमा पुगेको जनाएको छ ।
पशु कल्याण निर्देशिका २०७३, पशु ढुवानी मापदण्ड २०६४, मुलुकी अपराध संहिता ऐन २०७४, मा पशु कल्याणका सवालमा सम्बोधन गर्न खोजेको भए पनि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताए। पशु कल्याणको विषयलाई व्यवस्थित बनाउन स्थानीय तहमा दक्ष जनशक्ति तयार तथा पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
पशु कल्याणका क्षेत्रमा क्रियाशील सो संस्थाले काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका तीन हजार जनावरको उपचारमा सहयोग पुरयाएको छ । छाडा पशुचौपाय, सामुदायिक कुकुर उपचार, उद्धार, पुनःस्थापनाका साथै रेबिजविरुद्ध खोप लगाउने काममा सहयोग गरेको जनाएको छ ।
गत वर्ष तराईका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिको समयमा कैलालीमा गाई, भैँसी, कुकुरलगायत दुई हजार पशुको उपचार गरेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिए । संस्थाले वार्षिक १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ भने देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार