खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १४:४२:२
५ पुष, गण्डकी । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताए । विकटलाई निकटमा ल्याउने लक्ष्यका साथ महानगरपालिकाले आवश्यकतानुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उनले विकास निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।
पोखरा–३१ का वडाअध्यक्ष कमलबहादुर थापाले खोलाबेसी पुल यस क्षेत्रको समृद्धिको आधार भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए ।कार्यक्रममा स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्य, जग्गादाता रामचन्द्र सुवेदी र सचिव कमल सुवेदी लगायतले पुल निर्माणले पोखरा २८ को पूर्वीभेग र मादी गाउँपालिकाको मकैखोलाका स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार