आइतबार , माघ ४, २०७७

प्राइम लाइफ र एनसीएचएलबीच सम्झौता

प्राइम लाइफ र एनसीएचएलबीच सम्झौता

५ पुष, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । सम्झौता पश्चात इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्स कं. लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्स कं. लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र connectIPS e-Payment प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, vendor भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । साथै प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत connectIPS e-Payment बाट वा ५,००० भन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सन् २००७ जूनमा लक्ष्मी बैंकका साथै विभिन्न प्रतिष्ठित व्यवसायिक समूहहरुद्वारा स्थापना गरिएको प्राइम लाइफ इन्स्योरेन्स कं. लिमिटेडले इन्स्योरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भइसकेको छ । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसका NCHL-ECC, NCHL-IPS र connect IPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् जसमा सबै जसो बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भैसकेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय