सिफारिश सदर, वैशाखमा दुई चरणमा निर्वाचन
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २०:४८:१८
५ पुष, काठमाडौं । अन्ततः धेरैको जिज्ञाशा मेटाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको सिफारिश सदर गरेकीछन् । प्रधानमन्त्री केपी ओलीले आजै बिहान मन्त्रिपरिषद बैठक डाकी संसद् विघटन गरी आउने बैशाख १७ र २७ गते दुई चरणमा संसद्को निर्वाचन गर्न मिति सिफारिस गरेका थिए ।
संविधानले स्पष्ट रुपमा संसद् विघठन गर्न प्रधानमन्त्रीलाई सहज बाटो नदिएकाले राष्ट्रपतिबाटै त्यसमा सुधार हुने आम अपेक्षा विपरीत राष्ट्रपतिले विघटनलाई वैधता दिएकीछन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा प्रयोग भएको भाषासमेत गोलमटोल भएकाले संविधानको धाराको प्रष्ट उल्लेख भएको छैन ।
राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । विज्ञप्तिमा भनिएकोछ– संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रै आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ बैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा अर्काे प्रतिनिधिसभा गर्न मन्त्रिपरिषदबाट निर्णय भई प्रधानमन्त्रीले सिफारिश गरेकाले सदर गरिएकोछ । राष्ट्रपतिले ओलीको सिफारिश सदर गरेपछि अबको राजनीतिक माहोल अझै पेचिलो हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
विका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार