
५ पुष, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि आजबाट समाप्त भएको छ ।
उनको पदावदी समाप्त हुने भएपछि कम्पनी संचालक समितिको गत पौष ३ गते बसेको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई अर्को व्यवस्था नभए सम्मको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको कम्पनी सचिव प्रतापमान श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट