बादल र भट्ट कता ? प्रचण्ड कि ओलीसँग !
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २२:५९:१२
५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरी नयाँ जनादेशका लागि राष्ट्रपतिबाट ग्रिन सिग्नल पाएपछि नेकपा भित्र ठूलै पहिरो गयो । ओलीका विरोधी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिए । तर प्रचण्डका सबैभन्दा विश्वासपात्र रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई नै साथ थिए ।
यो प्रकरणले नेकपाको आन्तरिक जीवनमा कस्तो प्रभाव पर्ला त ? जानकार भन्छन् – ओलीले प्रचण्डसँग राम्रै बदला लिए । किनभने बादल र भट्ट जस्तो हस्ती नै आफ्नो पक्षमा पार्न सक्नु ठूलै उपलव्धि हो । तर प्रचण्ड पक्षले भने यो खासै ठूलो उपलव्धि नभएको भन्दै ओलीलाई धेरै नहौसन चुनौती दिएका छन् ।
बादल र भट्ट व्यक्तिगत रुपमा ओली निकट भएका होलान् ,तर त्यसले सांवठनिक रुपमा भने प्रभाव नपर्ने तर्क उनीहरुको रहेकोछ । बादल निकट सबै नेताहरु ओलीको विपक्षमा भएकाले ढिलो चाँडो उनी आफ्नै कित्तामा फर्कने उनीहरुको विश्वास देखिएकोछ । यसबारे बादलले भने अहिलेसम्म मुख खोलेका छैनन् । तर विगतमा उनले भैंसेपाटी गठबन्धनमा भाग लिंदै अन्तिम अवस्थामा आफूले प्रचण्डलाई साथ दिने वचन दिएका थिए ।
केही समय उनले पर्खेका होलान् , तर अन्ततः हाम्रै कित्तामा उभिनेछन् – खुमलटार स्रोत भन्छ । तर ओली पक्ष भने अब विस्तारै बादलले निकट नेताहरुलाई आफूतिर तान्ने विश्वास व्यक्त गरेकाछन् । किनभने प्रधानमन्त्रीले बादलसँग कुरा गरिसक्नुभएकोछ , केही दिन पर्खेको मात्रै हो अरु नेतापनि खुल्नेछन्– ओली पक्षको दाबी छ ।
हिजैपनि प्रधानमन्त्री ओली प्रचण्डसँग भेट गरी फर्कने क्रममा बादलसँग भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । त्यसबेला उनले आफ्नो र प्रचण्डको तर्फबाट संयुक्त प्रस्ताव तयार गर्न ओलीले बादललाई अह्राएका थिए । उता, मन्त्री भट्ट भने प्रचण्डले आफूलाई भन्दा सुदूरपश्चिमका नेता भीम रावलसँग नजिकको सम्बन्ध राखेको भन्दै विच्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार