सोमबार , माघ ५, २०७७

पुष १६ सम्म कायम शेयरधनीले गुडविल फाइनान्सको १० प्रतिशत लाभांश पाउने

पुष १६ सम्म कायम शेयरधनीले गुडविल फाइनान्सको १० प्रतिशत लाभांश पाउने

५ पुष, काठमाडौं । गुडविल फाइनान्सले १२ प्रतिशत लाभांश दिने प्रस्तवा गरेको छ । आइतबार बिहान बसेकाे अध्यक्ष विश्वप्रकाश साखः, संचालक सुधिर मान मास्के, पशुपतिभक्त श्रेष्ठ, दिलिपकुमार मुनंकर्मी र जेनी जोशीसहितको सञ्चालक समिति बैठकले ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न गुडविलले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् । सभा होटल क्राउन इम्पेरियल, रवि भवन, काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ । सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जनाएको छ । साधारण सभाका लागि कम्पनीले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय