नेकपाको अध्यक्षबाट ओली बर्खास्त
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार २०:५५:३७
६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराएपछि चर्किएको विवादका बीच नेकपाले उनलाई कारबाही गरि बर्खास्त गरेकाे औपचारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ ।
आज दिउँसो स्थायी कमिटीले गरेको निर्णय बमोजिम ओलीमाथि अनुशासनको कारबाही भएकाले उनी बैधानिक रुपमा पार्टीकाे आधिकारिक अध्यक्ष नभएको जानकारी गराइएको स्थायी कमिटी सदस्य बेदुराम भूषालले दिए ।
अब ओली नेकपाको अध्यक्ष हुनुहुन्न, यसलाई औपचारिक रुपमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि नेता भूषालले बताए ।तर प्रधानमन्त्री ओली भने आफू नै नेकपाको वैधानिक अध्यक्ष भएकाले कसैले हटाउने प्रश्न नै नउठ्ने तर्क गरिरहेका छन् ।
आज बिहान सरकारी निवासमा भेला भएका आफूपक्षधर पूर्व सांसद्हरुलाई सम्बोधन गर्दै ओलीले भनेका थिए– दोस्रो हैसियत भएको पूर्व माओवादी नेताले म पूर्वएमाले अध्यक्षलाई हटाउने हैसियत कस्ले दियो ? ओलीको यो अभिव्यक्तिले अब उनी नेकपा एमाले व्युँताएर अगाडि बढ्ने पक्षमा रहेको संकेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वारको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार