प्रदेश २ मा सबभन्दा बढी भ्रष्टाचार : केस बस्नेत
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार ११:४५:४३
धीरुभाइ
७ पुष, सप्तरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले प्रदेश २ मा सबभन्दा बढी भ्रष्टाचार भएको बताए । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार आयोजिक बृहद विरोध सभा तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेपाली कांग्रेस शम्भुनाथ नगर कार्य समितिले आयोजना गरेको सो कार्यक्रममा उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार गरे तर, सबभन्दा बढी भ्रष्टाचार कुन प्रदशेमा भयो भन्ने त्यो प्रदेश २ नम्बर हो भने । नगर सभापति सुरेन्द्र भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री बस्नेतले मधेसी जनताको रगतको होली खेलेर मधेसवादी दलहरु जितेको स्थानीय तहहरुमा पनि भ्रष्टचार प्रदेश भन्दा कम नरहेको बताए ।
कम्युनिस्ट सरकार र प्रदेश २ सरकारको गतिविधिले नेपाली जनता आजित भइरसकेको उनले भने, कुन पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर हो, कुन विरोधी, त्यस बारे जानकारी गराउन नेपाली कांगेस जनताको घरदैलोमा पुग्नु पर्छ । भण्डाफोर गर्नुपर्छ ।
महालेखा परिक्षण प्रतिवेदनले ४५ प्रतिशत भ्रष्टाचार यसै प्रदेशमा र मधेशवादी जितेको स्थानीय तहमा भएको देखाएको प्रसँग उल्लेख गर्दै उनले यस विषयमा संसदमा पनि आवाज उठेको स्मरण गराए । कार्यक्रममा प्रदेश २ सभा सदस्य मो. समिम, नेपाली कांग्रेस सप्तरी सभापति दिनेशकुमार यादव, क्षेत्र ४ सभापति किरण भगत, पूर्व सभासद् सुरेन्द्र यादव, जिल्लाका पूर्व सचिव सबुरलाल साह, पूर्व क्षेत्रीय सभापति भगवती प्रसाद यादव लगायतले सम्बोधन गरेका थिए ।
दश जनाद्वारा रक्तदान
त्यस्तै, आयोजित रक्तदान कार्यक्रममा अमेन्द्र यादव, इन्द्रनारायण साह, शिवनारायण चौधरी, धनी लाल चौधरी, अशोककुमार साह, ललितकुमार चौधरी लगायत दश जनाले रक्तदान गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार