छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १५:१:२९
७ पुष ,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
चौध कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका सात, जिल्ला आयोजना कार्यालय एकाइका पाँच, शिक्षा विकास तथा समन्वय एकाइका चार, कृषि ज्ञान केन्द्रका चार, सन्धिखर्क सबडिभिजन कार्यालयका चार र डिभिजन वन कार्यलयका दुई कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।
त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची तीन, स्वास्थ्य कार्यालय अर्घाखाँचीका तीन, मालपोत कार्यालय अर्घाखाँचीका एक, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका दुई, सडक पूर्वाधार विकास कार्यालयका दुई, सिँचाइ विकास डिभिजन कार्यालयका एक र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार