माधव नेपाल नेकपाकाे अध्यक्ष बन्दै
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १८:२५:२
७ पुष, काठमाडौ । औपचारिक फुटको संघारमा पुगेका नेकपामा दुबै अध्यक्षहरुले अलग अलग स्थानमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा निकट सदस्यहरुलाई बोलाएर बैठक गरिरहेका छन् ।
उता, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बैठक बबरमहलस्थित कार्की बैंकटमा हुँदैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भाग लिन केन्द्रीय सदस्यहरु भेला हुन थालिसकेका छन् । शीर्ष नेताहरु भने आउने तयारीमा रहेको बुझिएको छ ।
बैठकमा भाग लिन आउनुअघि प्रचण्ड निवास खुमलटारमा नेता नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भेला भएका थिए । आजको बैठकको अजेण्डा तय गर्न नेताहरु बसेका थिए ।
सहमति जुटे बमोजिम पहिला केपी ओलीलाई अनुशासनको कारबाही पारित गराउने र रिक्त अध्यक्षमा नेता नेपालको नाम प्रस्ताव गर्ने रहेको स्रोतले बताएको छ । साथै, ओलीले गरेको संसद विघटनविरुद्ध सडक र अदालतमा संघर्ष गर्ने निर्णयसमेत आजको बैठकले गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार