आइतबार , माघ ४, २०७७

पुष २० सम्म कायम शेयरधनीले गुहेश्वरी मर्चेण्टको ९ करोड १२ लाख लाभांश पाउने

पुष २० सम्म कायम शेयरधनीले गुहेश्वरी मर्चेण्टको ९ करोड १२ लाख लाभांश पाउने

७ पुष, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग तथा फाइनान्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स संचालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ । कम्पनीले ८ प्रतिशत (६ करोड ४० लाख रुपैयाँ) बोनस शेयर र कर प्रयोजनसहित ३.४० प्रतिशत (२ करोड ७२ लाख रुपैयाँ नगद लाभांश) नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।बोनस वितरण पश्चात जारी पूँजी, चुक्ता पूँजी बृद्धि हुने भएकोले त्यस अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी छ । त्यसको लागि संचालक समितिले अख्तियारी दिनेछ ।

यस्तै कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्वीजिसनमा जाने सम्बन्धमा आवश्यक ऐन कानुन,नीति नियम तथा निर्देशन गर्नुपर्ने सम्पूर्ण कार्य गराउन संचालक समितिलाई पुर्ण अख्तियारी समेत दिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुष २० गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बैंकको एटिएम बुथको ढोका फुटाउँदै गर्दा तीनजना पक्राउ बैंकको एटिएम बुथको ढोका फुटाउँदै गर्दा तीनजना पक्राउ १४ घण्टा पहिले
ओलीको असंवैधानिक कदम बिरुद्ध कांग्रेस आज पनि सडकमा ओलीको असंवैधानिक कदम बिरुद्ध कांग्रेस आज पनि सडकमा १७ घण्टा पहिले
भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट १ घण्टा पहिले
नेपाल भन्छन्,  ओलीले अव्यवस्था र अशान्ति चाहेका छन् चुनाव हुँदैन ! नेपाल भन्छन्, ओलीले अव्यवस्था र अशान्ति चाहेका छन् चुनाव हुँदैन ! २३ घण्टा पहिले
कोरोना संक्रमित प्रभु बैंकका एक कर्मचारीको जागिर गुम्यो कोरोना संक्रमित प्रभु बैंकका एक कर्मचारीको जागिर गुम्यो २३ घण्टा पहिले
विराटनगर भन्सार र आन्तरिक राजश्व विराटनगरद्वारा राजश्व संकलनमा बृद्धि विराटनगर भन्सार र आन्तरिक राजश्व विराटनगरद्वारा राजश्व संकलनमा बृद्धि २१ घण्टा पहिले
न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली १९ घण्टा पहिले
तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ? ख्याल गर्नुस् है ! तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ? ख्याल गर्नुस् है ! १७ घण्टा पहिले