चिसो बढेसँगै हिमाली जिल्लामा पाइपमै जम्यो पानी
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २३:१५:३८
७ पुष, खलङ्गा । चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा खानेपानी पाइप र खोला तथा तालमा पानी जमेको छ । पुस महिना शुरु भएसँगै ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण खानेपानी पाइपमा पानी जम्न थालेको जुम्लाको चन्दननाथ नगरपालिका–४ का युवराज न्यौपानेले बताए।
उनले भने , “खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।” अत्यधिक चिसोका कारण पानी जमेर धारामा आउन छाडेपछि खानेपानीको समस्या हुन थालेको उनको भनाइ छ ।यसैगरी जिल्लाको तापक्रम घट्दै गएपछि यहाँका दर्जनौँ तालमा पनि पानी जमेको छ । अत्यधिक चिसो बढेपछि नदी नजीकैका ताल र हिमाल नजीकका तालको पानी जमेका छन् । यहाँको तातोपानी गाउँपालिका–४ स्थित गिढीदह तालको पानी जमेको स्थानीयावासी प्रेमराज पाण्डेले बताए । उनले भने, “गिढीदह, शङ्करदह, काटा दहलगायत तालमा पानी जमेको छ ।”
जिल्लाको तापक्रम साँझबिहान माइनस ७-८ डिग्री सेल्सियसमा झर्न थालेको छ । दिउँसो घाम लागेको अवस्थामा माइनस ६ डिग्री सेल्सियस हुन्छ । रातको समय भने माइनस १३ डिग्री सेल्सियससम्म तापक्रम पुग्न थालेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
खेतीयोग्य जमीनमा सिँचाइ अभाव
तिला गाउँपालिका–१ स्थित दहचौर सिँचाइ सुविधाबाट वञ्चित भएपछि खेतीयोग्य जमीन अकाशको पानीको भरमा रहेको छ । सो जमीनलाई सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमीन अनुत्पादक जमीनका रुपमा परिणत भएको वडाध्यक्ष परबहादुर रावतले बताए । तिला नदीबाट पानी ल्याउनुको कुनै विकल्प नरहेको स्थानीयवासी नौसेर रावतले बताए । धान, मकै, गहुँ खेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकै र कोदो खेती मात्र गर्दै आएको स्थानीयवासी काली बुढाको भनाइ छ । उनले भने, “झण्डै एक हजार २०० रोपनी जमीनमा अहिले सिँचाइको पहुँच छैन ।”
सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । गाउँमा एक दिन खानेपानीको समस्या भएपछि तिला नदीको दूषित पानी बोकेर खानुपरेको यहाँका स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार