सोमबार , माघ ५, २०७७

पुष १४ सम्म कायम शेयरधनीले श्री इन्भेष्टमेन्टको लाभांश पाउने

पुष १४ सम्म कायम शेयरधनीले श्री इन्भेष्टमेन्टको लाभांश पाउने

७ पुष, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। हिजो बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

७.३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर तथा ३.१६ प्रतिशतका दरले २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारण सभाले पारित गरी वितरण गर्ने छ । पुष १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् । कम्पनीले पुष १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय