आइतबार , माघ ४, २०७७

पुष १६ सम्म कायम शेयरधनीलाई प्राइम लाइफले लाभांश र बोनस शेयर दिने

पुष १६ सम्म कायम शेयरधनीलाई प्राइम लाइफले लाभांश र बोनस शेयर दिने

७ पुष, काठमाडौं । प्राइम लाइफ इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशन मुनाफा वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजी २ अर्व २५ करोड ८९ लाख ३१ हजार ७ सय ९७ को ८ प्रतिशत ले हुन आउने १८ करोड सात लाख १४ हजार पाँच सय ४४ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

त्यसैगरी चुक्ता पुँजीको ७ प्रतिशनले हुन आउने १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयोजनको लागि पुस २७ गते वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा भिडियो कन्फ्रेन्स माध्यमबाट बिहान ११.३० बजेको लागि डाकेको छ ।

सोही सभामाआर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बोनस शेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम नियमावली संसोधन गर्ने तयारी पनि रहेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । सोही कारण पुष १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय