आजदेखि इजरायल–मोरक्कोबीच व्यावसायिक उडान शुरु
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार १:२७:३६
७ पुष, तेल अभिभ । इजरायल र मोरक्कोबीच पहिलो व्यावसायिक हवाई सेवा मंगलबार शुरु भएको छ । इजरायलको तेल अभिभबाट पहिलो विमान मोरक्कोका लागि उडेको स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका छन् । अमेरिकी अग्रसरतामा इजरायल र मोरक्कोबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्झौता भएसँगै दुबै देशबीच पहिलो व्यावसायिक उडान शुरु भएको हो ।
इजरायली विमान सेवा अल एलको पहिलो उडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं सल्लाहकार जारेड कुश्नर तथा इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन शाब्बात रहेका छन् । यो विमान मोरक्कोको राजधानी राबातका लागि प्रस्थान गरेको हो ।
राबातमा मोरक्को र इजरायली अधिकारीहरुले विभिन्न विषयका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । अमेरिकी मध्यस्थतामा यसअघि अरब मुलुक युनाइटेड अरब इमिरेट्स ‘युएई’ सँग इजरायलको दौत्य सम्बन्ध स्थापना गरिएको थियो । यी दुबै मुलुकले एकअर्का देशमा राजदूतावास खोल्ने, पर्यटकीय गतिविधि सञ्चालन गर्ने, प्रत्यक्ष हवाई उडान गर्ने एवं लगानी गर्ने समेतका विभिन्न विषयमा सम्झौता गरिसकेका छन् ।
यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले पनि दौत्य सम्बन्ध स्थापना गरिसकेका छन् । खासगरी प्यालेस्टिनीको विषयलाई लिएर अरब राष्ट्रसंग इजरायलको सम्बन्ध वर्षौंदेखि तिक्ततापूर्ण रहिआएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार