नेपाली राजनीतिको यो रुप ! विदेशी चलखेल भएकै हो ?
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार २०:१५:७
८ पुष, काठमाडौं । करिब ९ महिना अगाडि नै प्रधानमन्त्री केपी ओलीले संसद विघटनको तयारी गरिसकेका थिए । गएको बैशाख १२ गते ओलीले दुईवटा अध्यादेश जारी गराए । जसमा संवैधानिक परिषदसम्बन्धी र अर्काे राजनीतिक दल विभाजन सम्बन्धी थिए । पार्टीभित्र बहुमत नेताहरुले राजीनामा मागिसकेको अवस्था थियो । ओली विक्षिप्त नै थिए ।
उनी आफूलाई दुख दिने सबैलाई ठेगान लगाउन चाहन्थे । त्यसका लागि उनले अध्यादेश हतियार प्रयोग गर्न चाहे । तर त्यतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीले मानिनन् । किनभने सरकार ढल्ने अवस्था बनिसकेको थिएन । भण्डारीको आग्रहमा ओली पछि हटे । तर मनको वह हटेको थिएन ।
परिस्थिति अझै जटिल बन्दै गयो, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा बन्दूक राखेर पूर्व एमाले नेताहरु ओलीको हुर्मत लिन बुर्कुसी मार्दै थिए । त्यसले ओलीमा थप आक्रोश बढेको थियो । त्यसैले उनी उचित समयको पर्खाइमा थिए । जब प्रचण्ड – नेपाल पक्षले राष्ट्रपति भण्डारीमाथि नै औंला ढड्याए, अनि ओलीका लागि सबै अनुकुल देखियो ।
पार्टी भित्रको विवादले उत्कर्ष रुप लिइसकेको थियो । कुनैपनि बेला ओलीमाथि अविश्वास प्रस्ताव दर्ता हुने लगभग तय थियो । यस प्रयोजनका लागि खाली कागजमा सांसद्हरुको हस्ताक्षर लिने काम सकिएको जानकारी ओलीले पाए । साथै, ओलीलाई पदच्यूत गरेपछि राष्ट्रपतिमाथि महाअभियोग लगाएर सत्ता खोस्ने रणनीति बन्यो ।
यो प्रकरणमा पार्टी उपाध्यक्ष बामदेव गौतमसमेत सहभागी रहे । त्यसको जानकारी ओलीलाई स्वयं गौतमले गराएका थिए । त्यतिखेर नेताहरुबीच भएको सहमति अनुसार, प्रधानमन्त्रीमा प्रचण्ड, राष्ट्रपतिमा झलनाथ खनाल, पार्टीको एकल अध्यक्षमा माधवकुमार नेपाल रहने पक्का पक्की गरियो ।
गौतम र नारायणकाजी श्रेष्ठसमेत रोजा मन्त्रालयका साथ सरकारमा सहभागी हुने तारतम्य मिलाएको थियो । यसबारे गौतमबाटै ओलीले चाल पाएपछि परिस्थिति फेरि तनावपूर्ण नै बन्यो । अनि उनले राष्ट्रपतिलाई कन्भिन्स गरेर संविधान नै विघटन गर्न उक्साए ।
कुनैबेला ओलीले भनेका थिए–प्रधानमन्त्री छाड्नुपरे कुर्सी नै भाँचिदिन्छु । नभन्दै उनी पदमुक्त हुने अन्तिम तयारी भएपछि संविधान विपरित रुपमा उनले संसद विघटन गराए, अब प्रधानमन्त्री पदको कुर्सी नै भाँचिदिएका छन् । ओलीले आफ्नै खुशीले मात्रै पनि यस्तो जोखिमपूर्ण कदम उठाएका हैनन् ।
बाहिर सर्सर्ती हेर्दा लाग्छ, ओली अब धुलो पिठो हुँदैछन् । तर यसका पछाडि कुनै शक्ति केन्द्रको हात रहेको जानकारको बुझाईछ । खासगरी गएको महिना भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग गोप्य वार्ता गरेका ओलीको सबै खेल फेरिएको हो ।
उनको भारत विरोधी छवि पनि यही प्रकरणबाट छताछुल्ल भएको थियो । साथै, ओलीले आफ्ना पार्टीका थोरैलाई मात्र यसबारे ब्रिफ गरेका होलान्, तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने केही चुहाएको हो की जस्तो लाग्दैछ । यद्यपि यसलाई पुष्टी गर्ने तथ्य अझै सार्वजनिक भइसकेको भने छैन । तर ‘काले काले मिलेर खाउँ भाले’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो गरी संवैधानिक परिषदमा भएका नियुक्तिमा प्रतिबिम्बित भएको छ ।
एउटा कुरा चाहिं के प्रष्ट हुन्छ भने अब देशमा ध्रुवीकृत राजनीतिको आरम्भ हुनेछ । फुटेका दुई कम्युनिष्ट पार्टीले कांग्रेसलाई नै साथ लिएर जाने रणनीति अपनाउने छन् । किनभने शक्तिकेन्द्रले कांग्रेससहितको सरकार बनाउन खोजेको देखियो । प्रष्टसँग भन्नुपर्दा नेपालको आन्तरिक राजनीतिमा उत्तर र दक्षिण दुबै मुलुकले चासो देखाएका छन् ।
विगतमा उत्तरले खासै चासो देखाउने गर्दैनथ्यो । दक्षिणको भने ध्याउन्न नेपालको आन्तरिक राजनीतिमा बेस्सरी बढाउने नै हो । त्यसैले उत्तरको चाहना प्रचण्डको नेतृत्वमा कांग्रेससहितको सरकार बनोस् भन्ने प्रष्ट भएको छ । उता, दक्षिण चाहन्छ– ओलीको नेतृत्वमा सरकार कायमै होस् । तर कांग्रेसको समेत साथ रहोस् ।
जसमा अमेरिकाकाे पनि चासो देखिएको छ । एमसीसी प्रकरणबाटै यसको झल्को ओली र देउवाले दिइसकेका हुन् । त्यसैले आन्तरिक रुपमा जतिसुकै उफ्रिए पाफ्रिए पनि हुने त उनी रहेछ ,जो शक्ति केन्द्र चाहन्छ । नत्र दुई तिहाई निकटको सरकारको यो हविगत हुन्थ्यो होला र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार