व्याँसमा स्याउ नफल्दा किसान निराश
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार २०:३५:३३
८ पुष, दार्चुला । राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०÷४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक÷दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् ।
स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा छिटपुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताए ।
गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फुल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन ।”
स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित छन । उनले भने, ‘‘विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन ।’’
उहाँको बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ । केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले बताउनुभयो । यो वर्ष १०÷१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गरेका उनको बारीमा दुई क्विन्टलको हाराहारीमा स्याउ फलेको छ ।
जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ । यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार