सोमबार , माघ ५, २०७७

पुष २९ मा स्पर्स लघुवित्तको साधारण सभा

पुष २९ मा स्पर्स लघुवित्तको साधारण सभा

८ पुष, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको हिजो बसेको संचालक समितिको ६७ औं बैठकले पुष २९ गते होटल बाराही, लेकसाइड पोखरामा साधारण सभा डाकेको हो ।

सभाले आ.व. २०७६/७७को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, आ.व २०७७/७८को लागि लेखापरिक्षक नियुक्त गर्ने, मेगा बैंकका तर्फबाट संचालक नियुक्तलाई अनुमोदन गर्ने लगायत चुक्ता पुँजीको १.०२६३ प्रतिशतले हुन आउने ९ लाख ६२ हजार एक सय ५२ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव गरेको छ । त्यस्तै चुक्ता पुँजीको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८ सय ९७ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने पस्ताव पनि गरेको छ । पुष १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने कार्यसंचालन विभाग प्रमुख सुदिप आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय