कांग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुबीच चर्काचर्की
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार १:१३:४६
८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ । संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्कालै सडक आन्दोलन थाल्ने कि नथाल्ने भन्ने विषयमा कांग्रेस नेताहरुबीच चर्काचर्की भएको हो ।
युवा नेताहरुबाट शुरु भएको चर्काचर्की सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म पुगेको थियो । बैठकमा सभापति देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयपछि मात्रै ओलीविरुद्ध सडकमा जानुपर्ने पक्षमा रहँदा रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको थियो ।
बैठकको सुरुमा बोलेका डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए। त्यसपछि बोलेका युवा नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए ।
संसद विघटन असंवैधानिक छ भनेर सडकमा जानुपर्ने र संवैधानिक परिषद्ले गरेका निर्णयहरू अस्वीकार्य छ भनेर केन्द्रीय कार्यसमितिबाट भन्नुपर्ने नेता थापाको टिप्पणी छ ।
नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए । केन्द्रिय नेताहरु बोल्ने क्रममा एक अर्कासँग बाझाबाझ गरेका थिए ।
त्यसपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच पनि चर्काचर्की भएको थियो । सभापति देउवाले अहिले नै सडकमा जान हतार गर्न नहुने बताए । संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने उनको भनाई थियो ।
तर वरिष्ठ नेता पौडेलले तत्काल सडकमा जान आवश्यक रहेको बताए । बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की भएको थियो ।
त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ। एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार